नियम १५
बैङ्क जमानत र धरौटी फुकुवा गर्ने
(१) नियम १४ बमोजिम प्राप्त निवेदन उपर जाचबुझ गर्दा निवेदकले सो नियममा उल्लेख भएका सम्पूर्ण शर्त र प्रक्रिया पूरा गरेको देखिएमा सम्बन्धित भन्सार कार्यालयले एक महिनाभित्र बैङ्क जमानत वा धरौटी फुकुवा गर्नु पर्नेछ ।

(२) बण्डेड वेयरहाउसको सुविधा लिई पैठारी गरेको मालवस्तु वा निकासी भएको मालवस्तुमा आंशिक रूपमा प्रयोग भएको वा परिवत्र्य विदेशी मुद्रामा स्वेदशमा नै बिक्री भएको मालवस्तुमा आंशिक रुपमा प्रयोग भएको वा करमुक्त पसलबाट निर्धारित म्यादभित्र आंशिक रूपमा बिक्री भएको वा नियम ११ को उपनियम (२) बमोजिम पैठारी भएको धागो निकासी मूलक तयारी कपडा उद्योगलाई बिक्री गरेको कपडामा आंशिक रूपमा प्रयोग भएको वा निकासी मूलक तयारी कपडा उद्योगले त्यसरी स्थानीय रूपमा खरिद गरेको कपडा निकासी भएको तयारी कपडामा आंशिक रूपमा मात्र प्रयोग गरेको पाइएमा त्यसरी प्रयोग भएजति मालवस्तुमा लाग्ने महसुल वापतको बैङ्क जमानत वा
धरौटी मात्र फुकुवा गरिनेछ ।